समाज विकास योजनावद्ध प्रकि्रया हो, रणनिति हो कार्यनिति हो । यसले भैरहेको स्तरमा योजनावद्ध ढंगवाट नयाँ परिवर्तन सुधार र नयाँ पन ल्याई समाजलाई माथि पुराउछ । समाजको विकासमा कतै राज्यको प्रमुख भूमिका हुन्छ त कतै वजारको भूमिका हुन्छ त कतै गैरसरकारी संस्थाहरुको भूमिका रहेको हुन्छ । यही विचारहरुलाई महशुस गरी समाजको विकासमा वजारको भूमिकालाई प्रवल वनाई अघि वढन सोसियल मल्टीप्रपोज कम्पनि यहाँहरुको विचमा आएको छ ।
9/28/11
Social Marketing
शहर गाँउको उत्पादनले धानेको हुन्छ । जसले घामपानी हावाहुरी वतास जाडो नभनेर श्रम गरिरहेको हुन्छन तिनै ग्रामिण श्रमिकहरुले आफ्नो उत्पादनको सहि मूल्य पाउदैनन । आफै एक्लै वजारमा लगेर वेच्ने पनि सक्दैनन । त्यसैले आज ग्रामिण जनतालाई उकास्न र ग्रामिण क्षेत्रको विकास गर्न सके मात्र देशको उन्नती सम्भव छ । त्यसैले सोसियल मल्टीप्रपोज कम्पनि यही कुराहरुलाई ध्यानमा राखेर यस सम्वन्धमा अनुसन्धान गरी सामाजिक विकासको मार्केटिङ्गलाई वढावा दिन सकि्रयताका साथ लागेको छ । खासगरी कृषि हरित मिसन पूर्वाधार विकास स्टोन मिसन र योजना तथा सकारात्मक विचार पोजेटिभ मिसन लिएर यहाँहरुको विचमा आएको छ ।
Books
देशको सवै भन्दा ठूलो समस्या भनेको नै ठूलो संख्यामा रहेको युवा वेरोजगार हो । यहि समस्यालाई ध्यानमा राखेर विगत केही वर्ष देखी यस कम्पनिका निर्देशक श्री विष्णु प्रसाद पौडेलले वेरोवगार युवाहरुलाई रोजगार सम्वन्धि चेतना दिने उद्देश्यले रोजगार पुस्तक प्रकासन गर्दै आउनुभएको थियो । अझ यस पुस्तकलाई परिमार्जन गरी थप आकर्षणका साथ तिहार पछि उक्त पुस्तक प्रकाशन हुन गइरहेको अवस्थामा यहाँहरुले आफ्नो प्रति सुरक्षित गर्नुहुन पनि यो कम्पनि हार्दिक अनुरोध गर्दछ ।Land for Sell
सोसियल मल्टीप्रपोज कम्पनिले देशका विभिन्न क्षेत्रमा नयाँ वजारिकरणको विकासमा अनुसन्धान गर्दै विभिन्न ठाँउहरुमा जग्गाहरुको आधुनिक तरिकावाट विकास गरी नयाँ वजार स्थापना गर्दै अघि वढन गैरहेको छ । यसवाट स्थानिय स्तरमा कृषकहरुले आफ्नो उत्पादनको सहि मूल्य प्राप्त गर्दछन भने रोजगारका धेरै अवसरहरु खुल्दछन् ।
Festival and Tour Program
सोसियल मल्टीप्रपोज कम्पनिले देशका विभिन्न क्षेत्रमा रहनुभएका युवाहरुलाई नयाँ नयाँ मेला पर्व तथा महोत्विहरुमा सकि्रय रुपमा सहभागी वनाई गराई विकास र रोजगारका वारेमा जानकारी गराउदै र आकर्षित गराईरहेको छ भने विभिन्न ठाँउको भ्रमण गर्न पनि प्रोत्साहन गर्दै आन्तरिक पर्यटनको विकासमा सहयोग पुर् याईरहेको छ ।
Subscribe to:
Comments (Atom)
